पेरिस ओलम्पिकमा महिला बक्सिङ विवादमा किन पर्यो ?

अन्तरास्ट्रिय अन्तर्वार्ता अर्थ/वाणिज्य खेलकुद घटना प्रदेश खबर बिबिध बेथिति मनोरंजन राजनीति रोचक रोजगार विचार शिक्षा समाचार सम्पादकीय स्थानिय स्व्यास्थ्य

काठमाडौँ । पेरिस ओलम्पिकमा महिला बक्सिङ खेलमा ठूलो विवाद उत्पन्न भएको छ । पेरिस ओलम्पिकमा अल्जेरियाकी महिला बक्सर इमान खेलिफसँग खेल्दै आएकी इटालियन महिला बक्सरले ४६ सेकेण्डमा खेल छोडेपछि विवाद सिर्जना भएको हो ।

इटालियन महिला बक्सर एन्जेला कारिनीले रिङमा प्रवेश गरेको ४६ सेकेन्डमै खलिफविरुद्धको खेल छाडिन् । खेलपछि उनले भनिन्- ‘मैले आफ्नो जीवन बचाउनु पर्यो ।’

गत वर्षको विश्व च्याम्पियनसिपमा निर्धारित मापदण्ड पूरा नगरेको कारण सहभागी हुन नपाउने पेरिस ओलम्पिकका दुई खेलाडीमध्ये खेलिफ पनि पर्छिन् । तर यसपटक यी दुवै खेलाडीले पेरिस ओलम्पिक खेल्ने अनुमति पाएका थिए । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले वेल्टरवेट विधामा खेल्ने खालिफको शरीरमा टेस्टोस्टेरोनको मात्रा बढेको कारण भारतमा हुने प्रतियोगिताबाट बाहिरिएको बताएको थियो ।

अन्तर्राष्ट्रिय ओलम्पिक समिति विश्व च्याम्पियनसिपको आयोजक भने होइन । २५ वर्षीय खेलिफ ओलम्पिक खेलको पहिलो राउण्डमा बाई पाएर रिङमा प्रवेश गर्दा दर्शकमा रहेका अल्जेरियन फ्यानले ताली बजाएर स्वागत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *