
२७ कार्तिक २०७९, आईतवार १८:३१
म प्रेम गर्छु तिमिलाई
तिम्रा रिस, आबेग र संवेगहरुलाई पनि ।
उदाउदै गरेको सूर्यको पहिलो किरण लाग्छ तिमी
खुशीहरुका हिमचुलीहरुमा देख्छु ।
सपनाको लहराहरुमा
र आफ्नै नयनको बगैँचामा तिमीलाई देख्छु ।
के तिमी पनि मलाइ प्रेम गर्छौ ?
जसरी मेरो मन हिड्ने सडकले उडानलाई गर्छन्
हृदयका भावहरुले कल्पनालाई गर्छन्
पुतलीहरुले हावाहरुलाई गर्छन् ।
के तिमीले मेरो रिसमा प्रेम भेट्छौ ?
मैले त तिमिले गरेका भुललाई पनि प्रेम भन्छु ।
मेरो खुशीमा तिमी खुसी भेट्नु
मेरो नजरमा दुखका गहिरो सागर देख्नु
मेरो मनका हर प्रश्नमा तिमीले जवाफ दिनु
तिमीलाई लाग्दो हो
म पागल हुँ
पागल हुनु पनि प्रेम हुनु रहेछ ।
हैन भने, ओ प्रीय आउ
तिमीले सजाएका प्रेमको शहरको बाटै भएर
एउटा बदनामको पगरी भिरेर जाउ
मैले तिमिलाई माया गरेको बदलामा
तिमिले लिएका मेरा अतितको सुनौला समय तिरेर जाउ ।।
प्रतिकृया दिनुहोस्