
१ मंसिर २०७९, बिहीबार ०६:४९
“गजल”
हरेक बिहानी घामको किरण बनेर तिमी सम्म आउनेछु
मुर्झाएका तिम्रा अंगअंगहरूमा न्यानो स्पर्शले समाउनेछु
तिमी मै समाहित भएर मैले दु:ख सुख भोग्न पाएँ भने
फूल जस्तै सुवास छर्दै जीवनभर मिठो हाँसो बचाउनेछु
तिमीसंग बिताएका हरेक पलहरु सुनौलो अक्षरमा लेख्दै
प्रेमको अटुट बन्धनमा बाँधिएर तिम्रो अंगालोमा हराउनेछु
थाहाछैन कसैलाई पनि स्वर्गीय आनन्द कस्तो हुन्छ भनेर
तिम्रो साथ पाए स्वर्ग त्यही हुनेछ मेरालागि, थाहा पाउनेछु
सातै जुनी भन्न सक्दिन जहाँ “छ” जूनी केहो थाहा छैन
यही जूनीमा तिम्रो हुनदेऊ सम्झिरहने पिरती लगाउनेछु।
– जुनु घिमिरे
प्रतिकृया दिनुहोस्