आठविसकोट नगरपालिका नेपालको संविधान २०७२ को धारा २९५ को उपधारा (३) बमोजिम गठीत गाउँपालिका, नगरपालिका, स्वायत्त, संरक्षित वा विशेष क्षेत्रको नाम, संख्या तथा सिमाना निर्धारण आयोगको सिफारिसमा बनेको ७५३ वटा स्थानीय तह मध्येको कर्णाली प्रदेश अन्तर्गतको रुकुम जिल्लामा पर्ने एक स्थानीय तह हो । साविकका स्यालाखदी, गोतामकोट, आठविसकोट, आठविसडाँडागाउँ, घेत्मा गा.वि.स. र साविकको मग्गा गा.वि.स.का वडा नं. ७ र ८ समायोजन भई यस नगरपालिकाको निर्माण भएको हो ।
यस नगरपालिकाको कूल क्षेत्रफल ५६०.३४ वर्गकिलोमिटर रहेको छ । यहाँको कूल जनसंख्या ३३,६०१ (जनगणना २०६८ अनुसार) रहेको छ । यस नगरपालिकामा १४ वटा वडा रहेका छन् । यो रुकुम जिल्लाकै सबैभन्दा बढी जनसंख्या तथा क्षेत्रफल भएको नगरपालिका हो । आठविसकोट नगरपालिका वडा नं. ९ स्थित राडीज्यूलामा नगरपालिकाको केन्द्र अवस्थित रहेको छ । ठूलोभेरी नदीको किनारामा अवस्थित यस राडिज्यूला आठविसकोट नगरपालिका क्षेत्रभित्रका व्यापारिक क्षेत्रमध्ये एक मुख्य क्षेत्र हो । छिमेकी जिल्ला डोल्पासँगसमेत सिमाना जोडिएको यस नगरपालिकाको केन्द्रमा अवस्थित राडीज्यूला डोल्पा जिल्लाको लागि समेत व्यापारिक स्थल हो । गिजागाडखोला तथा ठूलीभेरीको काखमा अवस्थित यो ज्यूलाको वरीपरी पहाडले घेरेर झण्डै उपत्यका बनाएको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । यस नगरपालिकामा सम्पूर्ण जातजाति, धर्म, सस्कृतिले भरिएको एक नगरपालिका हो ।
किन हुन्छ त नगरपालिकामा दिनहुुँ दिन हत्या हिंसाका घटनाहरु ?
नगरपालिका एक सुसासन र सदाचार बनाउनाको लागि स्थानिय सरकारको मात्र भुमिका हुदैन । बसोबास गरेका नागरिकको भुमिका महत्त्वपूर्ण हुन्छ । समस्याको समाधान भौतिक आक्रमण र बदला लियर मात्र समाधान हुन्छ भन्ने मानसिकता जुन राखिन्छ त्यो सोचाइ गलत रहेको छ । समृद्ध शहरको रहर, स्वच्छ, सफा र शान्त आठविसकोट नगर’ भन्ने मूल नारालाई आत्मासात गर्दै यस नगरपालिका क्षेत्रको समृद्ध, समुन्नति र विकासको लागि सिंगो नगरपालिका परिवार एकतावद्ध ढङ्गले अगाडी बढने जुन लक्ष्य छ त्यसको बिपरित हुन पुगेको यथार्थ विभिन्न किसिमका घटनाक्रमले देखाएको छ । हिजोको दिनमा यसरी अप्रिय तरिकाले घटना घटेको थिएन अहिले दिन दिनै धेरै मारपिटका घटना आउनु दु:खद कुरा पनि हो । सर्बसाधारण जनताले आफ्नो जीवन सुरक्षाको प्रत्याभूति लिने ठाँउ हराएको छ ।
राजनीति नबुझी बनेका नेता ।
अहिले पछिल्लो समयमा गाउको सिनेयारियो हेर्ने हो भने सबै नेता राजनीतिक बिचारले गर्ने हो तर गाउघतिर व्यक्तिगत राजनीति लागेको हुन्छ । फरक पार्टीको मान्छे गाउमा अल्पमतमा परेमा हेपिएर बस्नु पर्ने, मार्ने हुनकी भनेर डराउनुपर्ने अवस्था अहिले गाउमा छ र अर्को कुरा जुनसुकै पार्टीको स्थानिय निकायमा सरकार भए पनि सबैलाई हेर्ने नजर बराबर हुन जरुरत देखिन्छ । सहि र गलत छुट्टाउन सक्ने गुन हुनपर्छ। हाम्रो स्थानिय निकायमा जिन्दगी देखि हार खायर विकल्पको रुपमा लिएको जुन नेता हुन भनेर हिड्ने र राजनीति संरक्षणमा जुन सर्बसाधार कुटपिट गरेर म डन , म ठुलो मान्छे , म नेता भनेर हिडछौ अहिले तर जिन्दगी भन्न्नेकुरा छोटो हुदैन अरुको परजीवी भयर गुलामी बनेर कति नै चल्छ । बुवा, आमाको पसिनाको मुल्य तिर । अहिलेको तिम्रो बल र घमन्डिले तिम्रो जिन्दगी अन्धकार छ । सक्छौ भने बिचार, बहस र सिद्धांत के हो कसरी गर्ने राजनिती अलि पढ्ने गर अनि गाउमा अराजकता र बलको राजनीति अन्त हुन्छ । १५/१६ बर्षको मान्छे गाउको नेता भनेर कति दिन पुग्छ र तिमिलाइ जिन्दगी चलाउन के नै जानेको छौ र । मात्र बल होला हातमा हतियार होला अरु तिमी जस्तै मान्छे होलान २/४ जना । तर हाम्रो आठबिसकोटले सान्ति खोजिरको छ ।
किन गरिन्छ गुन्डागर्दी गर्नेलाइ राजनितीक संरक्षण ?
यो समस्या देशकै ठूलो समस्याको रुपमा रहेको छ । जुन अराजक क्रियाकलाप गर्ने मान्छे सधै सम्मानित र संरक्षण हुने थुप्रै उदाहरण छन । पछिल्लो समयमा स्थानिय सरकार आएपछि अझै यसको मलजल भएको छ । अराजक कुटपिटमा सङल्गन व्यक्तिलाई आफ्नो पकेटमा लियर जुन उसलाई अगाडी बढाइन्छ र परिचालन गरिने प्रबृत्ति जुन रहेको राजनीति सस्कार जब अन्त हुदैन यो सधै घटना घटने र पीडितले कहिलेपनी न्याय नपाउने र आम नागरिकको व्यक्तिगत सुरक्षाको अनुभुती पाउने अवस्था छैन।
सहि बिचार , बहस , र साच्चिकै जनातको पक्षमा समर्पित भयर सेवा र राजनीति गर्ने हो भने जुन तपाइको नाम लियर हिड्ने टोले गुन्डागर्दी गर्दै तपाइको पछि लगाउन बन्द गरिदिनुहोस । उसको अन्तिम बिकल्प पनि तपाइको नाम बेचेर खाने अनैतिक क्रियाकलाप सङ्लग्न हुने ,सर्बसाधारनलाइ कुटपिट गर्ने हिंसा उत्पन गर्ने र तपाइलाइ राजनिती उचाइबाट गिरावट लैजाले तेहि व्यक्ति नै हुनेछ । समयमै सुधार हुन जरुरत छ र मेरो नगरपालिका बुढी आमले सान्ती खोजिरहेकि छन ।
बुढा बा र आमाले चाहेको आठबिसकोट नगरपालिका
हामिले सोचेको पनि थिएनौ यसरी हाम्रो पालमा गाउघरमा बिकास भयर बाटो बनेर गाडी आउँछ र देखिन्छन् भनेर तर आयो मर्ने बेला भयपनी देक्न पाइयो खुसि छौ । आजभोलि त अस्पताल यहि छ पहिलेको जमानाम नुन लिन महिनौं हिडेर गएर बोकेर लेउन पर्थ्यो । अहिले यो सबै सुबिधा घरदैलोमा आएको जस्तो महसुस भएको छ । तर अहिले यहि हामी बस्ने थलोमा दिनहुुँ दिन मारपिट हुन्छ काम नभएका कपाल पालेका मुद्रा लगायका , हातमा के छाप पनि हानेका हुन्छन तिनिहरुले म यो पार्टीको हो भन्दै हिडछन र अर्को फलानो फरक पार्टीको हो उ अलि बढी भयको छ उसलाई सकेउन पर्छ भन्दै कुटपिट गर्छन । कहिले कसैको टाउको फुटायको दिनदिनै मारपिट हुन्छ बाबू तर हामी बूढो मान्छे भयपनी जिउ जोगाउन गाह्रो छ काहीँ धकेलेर मार्लान भन्ने डर छ । हामिले सोचेको पनि थियनौ यस्तो घटना यसरी यहाँ उत्पन्न हुन्छन भनेर । अब हामी दिन ढल्केको मान्छे कति नै बाचौला र यहाँ यसरी सधै मारपिट हुँदै गायो भने हाम्रो छोरा नाति कसरी बस्लान डर छ । हाम्रो आँखा अगाडी शान्ति भयर सबै जुन पार्टी भयपनी मिलेर सबैको भलो हुने काम गर्दिय हाम्रो ठाउको मान मर्यादा पहिलेको हाम्रो पालाको सान्त आठबिसकोट भयको हेरेर मर्न मन छ बाबू ।
विचार : बिरेन्द्र बटाला
प्रतिकृया दिनुहोस्