पत्रपत्रिका

चाडवाड नजिकिएसँगै गैरकानुनी गतिविधि बढ्दो

इलाम । चाडवाड नजिकिएसँगै जिल्लामा गैरकानुनी गतिविधि बढेको छ। यसक्रममा सुरक्षाकर्मीले दिनहुँजसो अवैध ओसारपसार भइरहेका सामान र नगदसमेत बरामद गर्दैछ। भारतबाट अवैध रूपमा ल्याएर लुकाइएको ठूलो परिमाणको औषधि सशस्त्र प्रहरीले नेपाल–भारत सीमा क्षेत्रबाट बरामद गरेको छ। सूर्याेदय नगरपालिका–३, कट्टेबुङबाट सोमबार मध्यराति ४० लाख रुपैयाँभन्दा बढीको औषधि बरामद गरिएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ। कट्टेबुङको जंगलभित्र […]

पूरा पढ्नुहोस्

रेलको वारेन्टी सकियो, सञ्चालन अझै अनिश्चित

काठमाडौं,१६ असोज। सरकारले एक वर्षअघि सञ्चालनका लागि भारतबाट खरिद गरेको रेलको वारेन्टी सकिँदासमेत सञ्चालनमा आउन सकेको छैन । नेपाल रेल्वे कम्पनी लिमिटेडले भारतसँग खरिद गरेको दुई सेट रेलको वारेन्टी सञ्चालनमा आउनुअगावै सकिएको छ । एक वर्षको वारेन्टी भएको रेल एक वर्षअघि भारतको कोंकण रेल्वे कार्पोरेसनसँग सरकारले ८४ करोड ६५ लाखमा खरिद गरेको थियो । नेपाल […]

पूरा पढ्नुहोस्

सरुवामा विकृति हचुवामा बाहिर सूची बन्दा त्रुटि नै त्रुटि

काठमाडौं,१६ असोज। सरकारले हचुवामा कर्मचारी सरुवा गर्दा त्रुटि नै त्रुटि भेटिन थालेका छन् । सम्बन्धित मन्त्रालय र सिंहदरबारभित्र भन्दा पनि विभिन्न अमूक व्यक्तिको घर र आवासमा कर्मचारीको सरुवा सूची बनाएर सरुवा गरिँदा त्यस्ता सरुवा विवादित र त्रुटिपूर्ण देखिएको हो । नीतिगत तहमा महत्वपूर्ण भूमिका खेल्ने सहसचिवकै सरुवामा व्यापक त्रुटि देखिएको छ । यसो त कतिपय […]

पूरा पढ्नुहोस्

आठबिसकोटमा खुकुरी प्रहारबाट एक युवा घाईते

रुकुम पश्चिम,१३ असोज। जिल्लाको आठबिसकोट नगरपालिकाको वडा नम्वर ३ स्यालाखदिका एक युवा स्थानीय युवाहरु कै खुकुरी प्रहारबाट गम्भीर घाईते भएका छन। घाईते हुनेमा २४ बर्षिय कर्णबहादुर बोहरा हुन भने खुकुरी प्रहार गर्ने पनि स्थानिय युवाहरु नै भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । घाइते बोहरा नेपाली काँग्रेसका कार्यकर्ता हुन भने खुकुरी प्रहरी गर्ने […]

पूरा पढ्नुहोस्

मृत्यु भइसकेकाको सामाजिक सुरक्षा भत्ता लिने पाँचजनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं,१३ असोज। उदयपुरको रामपुर ठोक्सिला गाविसका तत्कालीन सचिव केशवप्रसाद आचार्यसहित पाँचजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक अनियमितता गरेको अभियोगमा मुद्दा दर्ता गरेको छ । मृत्यु भइसकेका व्यक्तिको दोहोरो नाममा र बनावटी नाममा सामाजिक सुरक्षा भत्ता बापतको रकम निकासा गरी आर्थिक अनियमितता गरेको भन्दै आचार्यसहित तत्कालीन गाविस सचिव लोकेन्द्र कार्की, विशाल सुन्दास, माधवप्रसाद खतिवडा र पुष्पराज […]

पूरा पढ्नुहोस्

मानवअधिकार मैत्री समाज निर्माणमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्णः मन्त्री थापा

पोखरा,१३ असोज। गण्डकी प्रदेश सरकारका कानून, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले मानवअधिकारको अभियानलाई सार्थक बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोगले पोखरामा आयोजना गरेको ‘मानव अधिकारमैत्री पत्रकारिता’ विषयक तीनदिने तालिमको उद्घाटन कार्यक्रममा उनले समाचार लेखनमा मानव अधिकारमैत्री शब्द र भाषाको प्रयोगमा जोड दिनुपर्ने बताए । मन्त्री थापाले मानव अधिकारको […]

पूरा पढ्नुहोस्

तरकारीको मूल्य शतप्रतिशत बढ्याे

काठमाडौं । दुई सातायता तरकारी भाउ अचाक्ली बढेको छ । चाडपर्व नजिकिएसँगै तरकारीको भाउ बढेको हो । कालीमाटी फलफूल तथा तरकारी बजार समितिका अनुसार बजारमा केही तरकारीको मूल्य शतप्रतिशत बढेको छ । भदौको अन्तिम साता थोकमा प्रतिकेजी १५/२० रुपियाँ रहेको गोलभेँडा असोजको दोस्रो साता ३८ रुपियाँ पुगेको छ भने आलु रातो ४५ रहेकोमा अहिले ६० […]

पूरा पढ्नुहोस्

ब्याजदर बढाउँदा पनि आएन निक्षेप

काठमाडौं,१३ असोज। वाणिज्य बैंकहरूले ब्याजदर बढाएर १० प्रतिशतभन्दा माथि पुर्‍याए पनि निक्षेप संकलनमा भने सुधार आएको छैन । ब्याजदर बढाउँदा पनि वाणिज्य बैंकहरूमा पहिलेभन्दा कम निक्षेप संकलन भएको छ । वाणिज्य बैंकहरूले गत असोज १ गतेदेखि ब्याजदर बढाएका थिए । तर, असोजको पहिलो साता रू। ८ अर्ब ३२ करोड मात्र नयाँ निक्षेप संकलन भएको नेपाल […]

पूरा पढ्नुहोस्

लगानीको स्रोत नखोज्ने बजेटको व्यवस्थाविरुद्ध उभिन्छौंः ओली

काठमाडौं,१३ असोज। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको लगानीको स्रोत नखोज्ने व्यवस्थाको विरुद्धमा उभिने बताएका छन् । मंगलबवार सम्पादकहरूसँगको छलफलमा उनले बजेटको यो व्यवस्था गलत रहेको बताउँदै यसले समस्या ल्याउने बताए । उनका अनुसार कालोधन भित्र्याउन सरकारले यस्तो प्रावधान ल्याएको हो र एमालेले यसको प्रतिवाद गर्नेछ । ‘कालोधन ल्याउन दिने पक्षमा छैनौं, कालोधनलाई […]

पूरा पढ्नुहोस्

सामान्य बन्दै वैदेशिक रोजगारी

काठमाडौं, असोज १२ । कोरोनाका कारण निकै प्रभावित वैदेशिक रोजगारी क्षेत्र विस्तारै सामान्य अवस्थामा फर्कन लागेको देखिएको छ । कोरोना महामारी शुरू भएपछि वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्या ह्वात्तै घटेको थियो । तर, पछिल्लो समय वैदेशिक रोजगारीमा जाने कामदारको संख्या बढ्दै गएको छ । वैदेशिक रोजगार विभागबाट प्राप्त तथ्यांकले यस्तो देखाएको हो । तथ्यांकअनुसार […]

पूरा पढ्नुहोस्