रुकुम पश्चिममा खोलाले बगाउँदा एक पुरुषको मृत्यु

त्रिवेणी । खोलाले बगाउँदा रुकुमपश्चिमको मुसिकोट नगरपालिका–७ झुलखेतका ५० वर्षीय तेजबहादुर बुढाको मृत्यु भएको छ । बुढालाई सोही ठाउँको चुनखोलाले आज बगाएको हो । वडा नं ६ र ७ को सिमाना झुलखेतबाट बगेका बुढाको शव वडा नं ३ र १३ को बीचमा पर्ने काउलेचौरस्थित मुग्लुखोलाबाट निकालिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नवराज पोखरेलले जानकारी […]

Read More

भारतका चर्चित कथावाचक अनिरुद्धाचार्य पशुपति कोटीहोममा

भारतका सु–प्रसिद्ध कथावाचक अनिरुद्धाचार्य जी महाराज काठमाडौं आइपुगेका छन् । नेपालको इतिहासमा हालसम्मको ठूलो ऐतिहासिक मानिएको पशुपति कोटिहोम महायज्ञमा सहभागि हुन् कथावाचक अनिरुद्धाचार्य जी महाराज शनिबार बिहान त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । वाचक अनिरुद्धाचार्यले शनिबार दिउँसो पशुपतिनाथ मन्दिरको दर्शनसँगै पशुपति कोटिहोम महायज्ञमा आर्शिवचन पनि राख्ने छन् । महाराज स–परिवारसहित नेपाल आएको र कथा […]

Read More

दूध मात्रै बेचेर पनि मासिक एक ला ख भन्दा बढी आम्दानी

१९ साउन : दाङको घोराही उपमहानगरपालिका–१३ का रवि घर्तीले व्यावसायिक रुपमा पशुपालन गर्दै आउनुभएको छ । उहाँले पशुपालन गर्न थालेको तीन वर्ष भयो । व्यावसायिकरुपमा लाग्नुभएका घर्तीले साथीहरुसँग मिलेर भैँसीपालन, बङ्गुरपालन र हाँसपालन गर्दै आउनुभएको छ । मेहनत गर्नसके पशुपालनबाट मनग्य आम्दानी लिन सकिने ‘गोरखा बायो फार्म’का अध्यक्ष रहनुभएका घर्तीले भन्नुभयो, “भैँसी र बङ्गुरपालन गरेर […]

Read More

रास्वपाको दुई दिने ‘क्लोज क्याम्प’ वनस्थलीमा सुरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुई दिने बन्द कार्यशाला शुक्रबारदेखि सुरु भएको छ । पार्टीका पदाधिकारी तथा नेतृत्वमा रहेका सदस्यहरुलाई रणनीतिक रुपमा क्षमता अभिबृद्धि गर्नका लागि आयोजना गरिएको बन्द कार्यशाला पार्टी केन्द्रीय कार्यालय चःमति, वनस्थलीमा सुरु भएको पार्टी सह–प्रवक्ता मनिष झाले जानकारी दिए । पार्टीको रणनीति तयारीमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको कार्यशालामा केन्द्रीय […]

Read More

भरत महर्जनका परिवारले डुबाएको सुमेरु सहकारी उकास्न कस्सिए पूर्वराजाका ज्वाइँ राजबहादुर सिंह

ललितपुरका भरत महर्जन तथा उनको परिवारले डुबाएको सुमेरु बचत तथा सहकारी संस्था उकास्न राजबहादुर सिंहले अग्रसरता लिएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहका ज्वाइँ सिंहले सुमेरु सहकारीका बचतकर्ताको डुबेको साढे सात अर्ब निक्षेप फिर्ता गराउन सिंहले अग्रसरता लिएका हुन् । सहकारीको रकम अपचलनपछि महर्जन तथा उनको परिवारै बेलायत पलायन भएका बखत सिंहले उक्त सहकारीसहित बढे बढाइएको […]

Read More

नरहाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत र लेखापालविरुद्ध मुद्धा दायर

सिराहाको नरहा गाउँपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत र लेखापालविरुद्ध मुद्धा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन प्रमुख प्रशासकीय अधिकृत भवेश कुमार झा र लेखापाल सुरेश कुमार कुसियैतले औषधि खरिद गर्दा अनियमितता गरेको आरोपमा विशेष अदालतमा मुद्धा दायर गरेको छ । अख्तियारले झा र कुसियैतलाई जनही ६ लाख २० हजारको बिगो तोकेर मुद्धा […]

Read More

पेरिस ओलम्पिकमा महिला बक्सिङ विवादमा किन पर्यो ?

काठमाडौँ । पेरिस ओलम्पिकमा महिला बक्सिङ खेलमा ठूलो विवाद उत्पन्न भएको छ । पेरिस ओलम्पिकमा अल्जेरियाकी महिला बक्सर इमान खेलिफसँग खेल्दै आएकी इटालियन महिला बक्सरले ४६ सेकेण्डमा खेल छोडेपछि विवाद सिर्जना भएको हो । इटालियन महिला बक्सर एन्जेला कारिनीले रिङमा प्रवेश गरेको ४६ सेकेन्डमै खलिफविरुद्धको खेल छाडिन् । खेलपछि उनले भनिन्- ‘मैले आफ्नो जीवन बचाउनु […]

Read More